Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घोराहीबाट बाघको छालासहित दुई जना पक्राउ

घोराहीबाट बाघको छालासहित दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७८ बुधवार • १४:०२:०१ बजे
  • 997
    SHARES
  • घोराहीबाट  बाघको छालासहित दुई जना पक्राउ

    दाङ । प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    जिल्लाको घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङका ५४ वर्षका पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फीट २ इञ्च लम्बाई र छातीको भागको चौडाइ १ फिट ४ इञ्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # बाघको छाला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology