Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु

चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ७, २०७८ बिहिवार • १०:१०:२४ बजे
  • 1.5K
    SHARES
  • चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु

    चितवन । चितवनमा नहरमा डु'बेर दुई जना बालकको ज्या'न गएको छ ।

    images

    जिल्लाको भरतपुर महानगरपालिका २ क्षेत्रपुर स्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    क्रिकेट खेलेर नजिकैको नहरमा हात खुट्टा धुने क्रममा विवेक शर्मा चि'प्लिएर नहरमा ख'सेका थिए। उनलाई ब'चाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डु'बेर बे'पत्ता भएका थिए।

    प्रहरीले खोजी गर्ने क्रममा डु'बेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो। तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृ'त घो'षणा गरेको थियो।

    कोहलपुरमा पौडी खेल्ने क्रममा तीन युवाको डुबेर ज्यान गयो

    कोहलपुरमा पौडी खेल्ने क्रममा एकै समयमा सँगै गएका तीन युवाको डु'बेर ज्या'न ग'एको छ ।

    बाकेँजिल्लाको कोहलपुर १० डडुवा खोलामा पौडी खेल्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका ११ का १८ वर्षीय राशिद जसगढ, सोही ठाउँका १८ वर्षीय अरमान जसगढ र १६ वर्षीय आरिफ जसगढको मृ'त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।

    मुस्लिमहरुको पर्व बकर र्ईदकै दिन यस्तो दुःखद घटना भएकोमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेपालगन्ज ४ का अध्यक्ष मो। सफिक बेहनाले दुःख ब्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # डुबेर मुत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology