Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राज कुन्द्राले एक महिना नै कमाउँथे १०० करोड

राज कुन्द्राले एक महिना नै कमाउँथे १०० करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १०:१४:१७ बजे
  • 3.2K
    SHARES
  • राज कुन्द्राले एक महिना नै कमाउँथे  १०० करोड

    अश्लिल भिडियो निर्माण तथा प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा अकुत सम्पत्तिका मालिक हुन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेका राजको मुम्बईमा १ सय करोड (भारतीय रुपियाँ) को बंगला छ । उनले व्यवसायको शुरुवात पश्मिना शलको व्यापार गरेर गरेका थिए । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । उनले नेपालबाट पश्मिनाको शल किनेर बेचे ।

    images

    त्यसपछि उनले दुबई गएर कम्पनीको निर्माण गरे । उक्त कम्पनीमार्फत उनले धातु, कन्स्ट्रक्शन, माइनिङमा डिल गर्न थाले । त्यसपछि उनले थुप्रै क्षेत्रमा काम गर्न थाले त्यसपछि उनले ठूलो एम्पाएर खडा गरे । अश्लिल भिडियो राजको पैसा कमाउने तरिका हो । उनका व्यवसाय थुप्रै क्षेत्रमा फैलिएको छ । राजले फेशन उद्योग, रियस स्टेट, कन्स्ट्रक्सन, स्टील प्लान्ट, फोरेक्स इनभेस्टमेन्ट, सतयुग गोल्ड, सुपर फाइट लिग र मुम्बईमा फुड चेन जस्ता कामसँग जोडिएका छन् । एक वेभसाइटका अनुसार राजको कमाई लगभग १०० मिडियन डलर रहेको छ । राज पछिल्लो समय ९ कम्पनीमा आवद्ध छन् ।

    उनी सिनेमेशन मिडिया वक्र्स, बास्टियन हस्पिटालिटी, कुन्द्रा कन्स्ट्रक्सन, जेएल स्ट्रीम, एक्वा एनर्जी बेवरेजेज, भियान इन्डस्«टीज, होम एण्ड प्राइभेट लिमिटेड र क्लियरकम प्राइभेट मिडिया जस्ता कम्पनीहरुका मालिक हुन् । राज भारतका सफल व्यवसायीको सूचिमा पर्छन् । उनी सन् २००४ को ब्रिटिश म्यागाजिनमा ब्रिटिश एशियन धनिहरुको १९८ औं स्थानमा रहेका छन् ।

    उनको त्यसपछि सम्पत्ति बढिसकेको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो एक दशकमा उनको सम्पत्ति ८० प्रतिशत बढेको छ । रिपोर्टका अनुसार उनी हरेक महिना १०० करोड (भारतीय रुपियाँ) कमाउँछन् । उनको एक वर्षको कमाई १२०० करोड छ । उनको कूल सम्पत्ति २९०० करोड छ ।

  • सम्बन्धित विषय:

  • # राज कुन्द्रा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology