Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज चीनबाट आठ लाख डोज खोप ल्याइँदै

आज चीनबाट आठ लाख डोज खोप ल्याइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७८ बिहिवार • १०:१९:११ बजे
  • 1.2K
    SHARES
  • आज चीनबाट आठ लाख डोज खोप ल्याइँदै

    चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । खोप ल्याउन बुधबार नेपाल वायु सेवा निगमको जहाज चीन उडेको थियो । सो जहाज आज दिउँसो काठमाडौँ पुग्ने छ । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । यस्तै शनिबार र आइतबार पनि जहाज खोप ल्याउन चीन जाने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।

    images

    चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।

    यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् । जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ ।

  • सम्बन्धित विषय:

  • # खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology