Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुजिता भण्डारी मृत्यु प्रकरण ,परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दियो

सुजिता भण्डारी मृत्यु प्रकरण ,परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • ११:१४:३३ बजे
  • 2.0K
    SHARES
  • सुजिता भण्डारी मृत्यु प्रकरण ,परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दियो

    चितवनकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा उनको परिवारले आत्महत्या दुरुत्साहनको जाहेरी दिएको छ। गत असार २० गते मृत भेटिएकी राप्ती ३ की भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको हो।

    images

    आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी हुन् । उनले यसअघि कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।

    असार ११ गतेदेखि हराएकी सुजिताको शव असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा भेटिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएन । भिसेरा परीक्षणको रिपोर्ट भने आउन बाँकी नै छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology