Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिआइबीको टोलीले पोखराबाट अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

सिआइबीको टोलीले पोखराबाट अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १४:२२:०३ बजे
  • 2.7K
    SHARES
  • सिआइबीको टोलीले पोखराबाट अमेरिका पठाइदिने भन्दै ७५ लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

    पोखरा । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पोखराबाट अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

    images

    वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले कपिलवस्तु वाणगंगा-४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका-२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा-१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।

    केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरको हो। ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले बताए। विगत दुई वर्षदेखि उनीहरूले पटक-पटक गरेर ठगी गरेको भन्दै पीडितले साउन १ गते ब्युरोमा उजुरी दिएका थिए।

    पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्युरोले जनाएको छ। पक्राउ परेकामध्ये भुसाल यसअघि पनि पक्राउ परेका थिए। 

    अमेरिकामा थुनामा रहेको व्यक्ति छुटाइदिने भनी २५ लाख ठगी गरेको आरोपमा उनलाई दाङ प्रहरीले यसअघि पक्राउ गरेको थियो। त्यसबेला ठगी मुद्दामा उनलाई कारबाही भएको थियो। भुसालसँग अमेरिकामा रहेकी दिव्या राणा जोडिएकी छिन्। उनले कृषि फर्ममा भिसा दिने भनी भुसाललाई भन्ने गरेको र उनले विभिन्न व्यक्तिहरूको खातामा जम्मा गर्न लगाएर रकम ठग्ने गरेको खुलेको ब्युरोले जनाएको छ।

    पक्राउ परेका तीन जनाले अमेरिकी दूतावास काठमाडौंको नक्कली कागजात बनाएर झुक्यानमा पारी ठगी गर्ने गरेको पाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology