Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको बगरबाट दुई नाले बन्दुकसहित एकजना पक्राउ

पोखराको बगरबाट दुई नाले बन्दुकसहित एकजना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १५:२९:४९ बजे
  • 406
    SHARES
  • पोखराको बगरबाट  दुई नाले बन्दुकसहित एकजना पक्राउ

    पोखरा । पोखराको बगरबाट अवैध हतियार सहित एकजना पक्राउ परेका छन्।

    images

    बुधबार राति पोखरा १ बगर स्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी कारमा लुकाई राखेको अवस्थामा दुई नाले बन्दुकसहित पोखरा १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङ;अैइ प्रहरीले पक्राउ गरेको हो ।

    कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार प्रहरीको टोलीले क्याम्पस गेट अगाडी सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङले चलाएर ल्याएको ग २ च ४३७४ नंवरको कारको डिक्कीमा लुकाई राखेको अवस्थामा उक्त हतियारसहित नगद १६ हजार र मोवाइल वरामद गरेको हो ।

    पक्राउ परेका गुरुङमाथि जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology