Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रेमी दाईले बिहे गर्न अस्वीकार गरेपछि सुजिताद्वारा आत्महत्या

प्रेमी दाईले बिहे गर्न अस्वीकार गरेपछि सुजिताद्वारा आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७८ शुक्रवार • १७:३५:५० बजे
  • 2.9K
    SHARES
  • प्रेमी दाईले बिहे गर्न अस्वीकार गरेपछि सुजिताद्वारा आत्महत्या

    सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरेर मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

    images

    सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई काठमाडौंबाट बिहीबार पक्राउ पक्राउ गरिएको जानकारी दिए । ‘हाम्रो अनुसन्धानले उनीहरू दाजु-बहिनी (काकाको छोरा र छोरी) पर्छन्। उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चेतावनी दिएको अनुसन्धानबाट खुलेको छ,’ ईन्द्रबहादुर रानाले भने। सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् ।

    रानाका अनुसार सुकदेवविरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको खुलेको डिएसपी रानाले जनाए ।

    उनीहरु विदेशमा पुगेर विहे गर्ने सोचमा रहेको पाइएको रानाले बताए । डीएसपी रानाका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको थियो । असार ११ गतेदेखि हराएकी सुजिताको शव असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा भेटिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट हत्या भएको देखिएन । भिसेरा परीक्षणको रिपोर्ट भने आउन बाँकी नै छ ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology