Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धादिङमा जोन्सन एण्ड जोन्सन खोप लगाएको २ घण्टापछी एक वृद्धको रहस्यमय मृत्यु

धादिङमा जोन्सन एण्ड जोन्सन खोप लगाएको २ घण्टापछी एक वृद्धको रहस्यमय मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • १९:२६:३४ बजे
  • 1.7K
    SHARES
  • धादिङमा जोन्सन एण्ड जोन्सन खोप लगाएको २ घण्टापछी एक वृद्धको रहस्यमय मृत्यु

    धादिङ । धादिङमा कोरोना विरुद्दको जोन्सन एण्ड जोन्सन खोप लगाएपछी २ घण्टापछी एक वृद्धको रहस्यमय मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा जोन्सन खोप लगाएका धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ का नरबहादुर श्रेष्ठ रहेका छन्। निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा हिँडेरै पुगेका उनी खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमै आराम गरेर घर फर्किएपछि मृत्यु भएको हो।

    'खोप केन्द्रबाट घर पुगेपछि असहज महसुस भएछ, पुन: स्वास्थ्य केन्द्रमा ल्याउँदा उहाँलाई चिकित्सकले मृत घोषणा गरे', धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए।

    ढकालका अनुसार पहिले देखिनै विभिन्न खालका स्वास्थ्य समस्या रहेको उनलाई खोप को कारणले हो वा अन्य कारणले भन्ने यकिन नभएको र त्यसको बारेमा स्वास्थ्य मन्त्रालयमा रिपोर्टिङ गरिसकेको बताए।

    कोराना विरुद्धको अरु खोप दुई डोज लगाउनुपर्ने भए पनि यो खोप एक डोज मात्रै लगाए पुग्छ। अमेरिकामा यो खोप लगाउँदा मानिसहरुमा रगत जम्ने समस्या देखिएको भन्दै केही समय खोप अभियान नै रोकिएको थियो।

  • सम्बन्धित विषय:

  • # जोन्सन एण्ड जोन्सन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology