Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवनमा नौ लाखका लागि नेपाली सेनाका गुरूङको हत्यामा सेनाकै एक व्यक्ति पक्राउ

चितवनमा नौ लाखका लागि नेपाली सेनाका गुरूङको हत्यामा सेनाकै एक व्यक्ति पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ८, २०७८ शुक्रवार • २०:२१:२७ बजे
  • 736
    SHARES
  • चितवनमा नौ लाखका लागि नेपाली सेनाका गुरूङको हत्यामा सेनाकै एक व्यक्ति पक्राउ

    चितवन । भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ ।

    images

    पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिनुभयो ।प्रहरीले झाडीमा फालेको एसएमजी हतियार एक थान, एक थान गोलीको खोका, नगद आठ लाख रूपैयाँ लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ ।

    एसपी ओमप्रसाद अधिकारीका अनुसार हुद्दा भरत गत पुसमा मात्रै शान्ति सेनाको मिसनमा लेवनानबाट फर्किएका थिए । शान्तिसेनामा जाँदा कमाएको रकमबाट उनले चितवनमा जग्गा बैना गरेका थिए । उनले ग्लोबल आइएमई बैंकमा रहेको आफ्नो खाताको चेक मिल्ने साथी भएकाले गंगाधरलाई नै दिएका थिए ।

    प्रहरीका अनुसार गंगाधरले साउन ३ गते भरतको हस्ताक्षर आफैंले गरेर ९ लाख रकम निकालेको पाइएको छ । एक लाख आफूसँग राखेर बाँकी ८ लाख परिवारका सदस्यलाई दिए । जग्गा पास गर्न भरत आएपछि ५ गते उनीहरु होटलमै बसे । चितवनका प्रहरी प्रमुख एसपी अधिकारीका अनुसार ६ गते भरतका माइलो बुबाका छोरा रविनको भरतपुर–१९ शारदानगरस्थित घरमा पुगे ।

    त्यही दिन बजार घुमाउन लगेका  गंगाधरले भरतलाई अत्याधिक मादक पदार्थ खुवाई रातभर मोटरसाइकलमा घुमाएको र असार ७ गते बिहान ५ बजेतिर सिमलडाँडा नजिकै पुगेपछि गोली हानेर हत्या गरेको प्रहरीको दाबी छ ।

    पिसाब लाग्यो भनेर झरेका गंगाधरले मोटरसाइकलको पछाडि बसिरहेका भरतलाई दायाँ कान नजिकबाट गोली हानेका थिए । भरत भुइँमा लडेपछि ७८ मिटरको दूरीमा रहेको कुलोमा फालेर गंगाधर घटनास्थलबाट फरार भएका थिए । उनले घटनामा प्रयोग भएको हतियार भरतपुर–८ स्थित गरुवा कामक्ष मन्दिर क्षेत्रमा पुगेर सडकको किनारामा रहेको झाडीमा फालेका थिए । आफू भने पूर्वी चितवनको सौराहाचोकस्थित फुपूको घरमा पुगेका थिए ।

    दिउँसो भरतपुर–१० मा रहेको हुण्डाई कारको शोरूममा कार्यरत काकाका छोरासँग मोटरसाइकल साटेर भागेका उनलाई केही घण्टामै पक्राउ गर्न प्रहरी सफल भएको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

    अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology