पोखरा । कोभिड १९ का कारण लामो समय देखि बन्द रहेको लामो दुरीको यातायात आज देखि सञ्चालनमा अौने भएको छ ।
मन्त्रि परिषद् वैठकको निर्णय पछी आक देखि देशभर लामो दुरीको यातायात स्वास्थ्यमापदण्ड लागु गरी सञ्चालनमा अाउने भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।
यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।
गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।