Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खानेपानी आयोजनाको ट्याङ्की पहिरोले बगाउँदा खानेपानीको हाहाकार

खानेपानी आयोजनाको ट्याङ्की पहिरोले बगाउँदा खानेपानीको हाहाकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७८ शनिवार • १९:३३:०५ बजे
  • 1.1K
    SHARES
  • खानेपानी आयोजनाको ट्याङ्की पहिरोले बगाउँदा खानेपानीको हाहाकार

    तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेँसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिराले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो । पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तरबहादुर थापाले जानकारी दिए । विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो ।

    images

    पहिराले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्नका लागि प्रयोग भएको विद्युतीय पोलसमेत बगाएको छ । “पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन्”, उनले भने, “जसकारण यहाँका स्थानीयवासीको दैनिकीमा पनि परिवर्तन आएको छ ।” उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् ।

    उनका अनुसार खानेपानीका समस्या भएपछि कुवामा पानी लिन जानुपर्छ, यसले गर्दा खानेपानीको जोहो गर्दैमा दिन बित्ने गरेको छ । व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए । “खानेपानी योजनामा पहिराका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट रु दुई लाख ५० हजार र व्यास नगरपालिकाबाट रु पाँच लाख विनियोजन भइसकेको छ”, श्रेष्ठले भने । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानीमा तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा निर्माण सम्पन्न भएको अत्याधुनिक पशु सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

    गत भदौदेखि निर्माण शुरु भएर चैतमा निर्माण सम्पन्न भएको पशुसेवा केन्द्रको भवनको स्वामित्व गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल लाइभस्टक सेक्टर इनोभेसेन आयोजनाका वरिष्ठ योजना अधिकृत विश्वनाथ गौतमले आज गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापालाई उक्त भवन हस्तान्तरण गरेका छन् । भवन निर्माण सम्पन्नपछि गाउँपालिकाभित्रका पशुपालक कृषकले अब पशुको उपचार यहीबाटै गर्न पाउने बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले बताए । हाल गाउँपालिकाको प्रशासकीय भवनमा सञ्चालित पशु सेवा शाखा नै अब यो भवनमा स्थानान्तरण गरिनेछ । यसमा चिकित्सकसहितको दरबन्दी हुनेछ । यो भवनमा प्रयोगशालासमेत सञ्चालन हुनेछ । प्रयोगशालाका लागि आवश्यक उपकरण नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गर्ने भएको छ ।

    भवनबाट पशुपालक कृषकले भदौ पहिलो हप्तादेखि सेवा पाउनेछन् । “दरबन्दी अभाव छ, दरबन्दी पूर्ति गरेर उपकरण आउनेबित्तिकै सेवा शुरु गर्ने तयारी छ”, उनले भने, “पशुको उपचार गर्नुप¥यो भने दमौली जाने बाध्यताको अब अन्त्य हुन्छ ।” उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि पशुसेवा केन्द्र अति आवश्यकता थियो । भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गरेका थिए ।

    यो वडालाई बाख्रा पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित बाख्रा पकेट क्षेत्रका रूपमा अगाडि बढाइएको वडाध्यक्ष पोखरेलले बताए । यसका लागि वडाले बाख्रापालक कृषकलाई सहयोग गर्दै आइरहेको छ । “बाख्रा पकेट क्षेत्रका रूपमा विकास गर्न बाख्रापालक कृषकलाई प्राविधिक तालिम, घाँसको बिरुवा र खोर सुधारका लागि वडाले सहयोग गर्दै आएको छ”, पोख्रेलले भने, “व्यावसायिकरूपमा बाख्रापालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।” बाख्राको नश्ल सुधार गरी कम्तीमा पाँच वर्षमा वडालाई बोयर तथा स्थानीय खरी जातका बाख्राको स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । यस वडामा एक हजारको सङ्ख्यामा बाख्रापालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # खानेपानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology