Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जङ्गली च्याउको तरकारी खाँदा बाबु छोराको मृत्यु

जङ्गली च्याउको तरकारी खाँदा बाबु छोराको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७८ शनिवार • २०:३९:०३ बजे
  • 940
    SHARES
  • जङ्गली च्याउको तरकारी खाँदा बाबु छोराको मृत्यु

    इलाम । जङ्गली च्याउको तरकारी खाँदा  इलामको फाकफोकथुममा बाबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images

    प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो ।

    उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # जङ्गली च्याउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology