Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको नेपाली रकम ४० लाख सहित एक व्यक्ति पक्राउ

स्रोत नखुलेको नेपाली रकम ४० लाख सहित एक व्यक्ति पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७८ शनिवार • २०:४६:०३ बजे
  • 1.8K
    SHARES
  • स्रोत नखुलेको नेपाली रकम ४० लाख सहित एक व्यक्ति पक्राउ

    इलाम । झापामा स्रोत नखुलेको नेपाली रकम ४० लाख सहित एक व्यक्ति पक्राउ परेका छन्।

    images

    शनिबार मध्याह्न १२ बजेको समयमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको स्रोत नखुलेको ४० लाखभन्दा बढी नेपाली रकम सहित झापा गाउँपालिका वडा न.२ बेलाईतिबारी बस्ने ४६ वर्षीय गौरी मण्डलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

    ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रनानिको टोलीले मण्डलको साथबाट स्रोत नखुलेको अवैध नेपाली ४० लाख ३७ हजार छ सय सत्तरी रूपैयाँ बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

    मण्डललाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय लगिएको थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # स्रोत नखुलेको रुपैयाँ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology