Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धनकुटामा बस दुर्घटना : २३ जना घाइते ,९ जनाको अवस्था गम्भीर

धनकुटामा बस दुर्घटना : २३ जना घाइते ,९ जनाको अवस्था गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १०, २०७८ आइतवार • १७:०९:५२ बजे
  • 685
    SHARES
  • धनकुटामा बस दुर्घटना : २३ जना घाइते ,९ जनाको अवस्था गम्भीर

    धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

    images

    आइतबार दिउँसो झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकाम हिँडेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस पाख्रिबासको पञ्चेमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी १४ जनाको अवस्था सामान्य छ ।

    दुर्घटनामा परी घाइते हुनेहरु कसैको पनि पहिचान खुलेको छैन । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

    बसका सहचालक घाइते अवस्थामा भेटिएको र बसचालक प्रहरी सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology