Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दक्षिण कोरिया एनआरएनका क्षेत्रीय अध्यक्ष भुजेलको मृत्यु

दक्षिण कोरिया एनआरएनका क्षेत्रीय अध्यक्ष भुजेलको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • ०९:२४:४२ बजे
  • 1.1K
    SHARES
  • दक्षिण कोरिया एनआरएनका क्षेत्रीय अध्यक्ष भुजेलको मृत्यु

    दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ। चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए। बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। उपचारारत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो।

    images

    उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए। उनी प्रवासी नेपाली सङ्घ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए। उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ।

    उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ।

    भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए। उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन्। हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology