Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरामा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • ०९:४८:३६ बजे
  • 4.0K
    SHARES
  • पोखरामा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    पोखरा । पोखरा बरालफिडमा गए राति स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    images

    स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो । घर लग्नासाथ अचेत भएपछि उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगियो ।

    अस्पताल पुर्‍याउनासाथ डाक्टरले राति करिब १२ बजे मृत घोषणा गरेका थिए । आइतबार साँझ करिब साढे ७ बजे छोरेपाटनबाट विरौटातर्फ जाँदै गरेको ग९प ७५०९ नम्बरको स्कुटरले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो ।

    ठक्कर दिने स्कुटर र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology