Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छ,स्वास्थ्य मन्त्रालय

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छ,स्वास्थ्य मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १८:०७:०६ बजे
  • 1.1K
    SHARES
  • असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्छ,स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा समेत प्रस्तुत गरेको छ ।

    images

    मन्त्रालयका सहसचिव गंगा लोहनीका अनुसार मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको हो । तर भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालनाको स्तरले यसलाई अगाडि वा पछाडि धकेल्नसक्ने उनको भनाई छ ।

     विदेश जाने कामदार र विद्यार्थीका लागि सरकारले कोरोनाविरुद्धको खोप लगाउन दुई अस्पताललाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाउन सक्ने जनाएको छ ।

    खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने व्यवस्था छ । यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो । अब विदेश जाने कामदार वा विद्यार्थीले आफूलाई पायक परेको समयमा यी अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # कोरोनाको तेस्रो लहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology