Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा कोरोना संक्रमण बढ्दै थप ३०४ जनामा कोरोना पुष्टि

कास्कीमा कोरोना संक्रमण बढ्दै थप ३०४ जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • २३:१२:३५ बजे
  • 1.0K
    SHARES
  • कास्कीमा कोरोना संक्रमण बढ्दै थप ३०४ जनामा कोरोना पुष्टि

    पोखरा ।  पछिल्लो २४ घण्टामा कास्कीमा थप ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार कास्कीमा १४७ जना पुरुष तथा १५७ जना महिला गरी ३०४ जनामा कोरोना भाइरस पुष्टि भएकाे हो । 

    images

    य्सै गरी  गण्डकी प्रदेश भरी १ हजार ३६५ जनाको नमुना परीक्षणमा थप ७१० जनामा कोरोना पुष्टिभएको छ ।

    निर्देशनालयका अनुसार कास्कीका ३०४ सहित म्याग्दीका ६ जना, पर्वतका ४३ जना, गाेरखाका १९ जना, लमजुङका २७ जना, तनहुँका ७९ जना, बाग्लुङका ३५ जना, स्याङ्जाका ६०  जना र नवलपुरका १३७ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार १०५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।

    गण्डकीमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ६२ पुगेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology