रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ ।
सोमबार साझँ घर भन्दा २ सय मिटर टाढा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी त्रिवेणी गाउँपालिका वडा नम्बर ४ छहरेकी २६ बर्षिया कमला खड्का मृत भेटिएकी हुन् ।
कमला घर नफर्केपछि खोजी गर्दा गोठभन्दा तल उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले घटनाको अनुसन्धान भईरहेको र अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको बताउनु भएको छ ।