Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यौन धन्दामा लगाइएका १० जना युवतीको उद्धार

यौन धन्दामा लगाइएका १० जना युवतीको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • १५:४३:४९ बजे
  • 1.4K
    SHARES
  • यौन धन्दामा लगाइएका १० जना युवतीको उद्धार

    चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका-७ स्थित एउटा होटलमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको हो । साउन ११ गते उक्त ठाउँमा रहेको रक्षा होटलका सञ्चालकले होटलको केही टाढा घर भाडामा लिई महिला तथा बालबालिकालाई यौन धन्दामा लगाएको पाइएको छ ।

    images

    सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय भण्डारा र थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरको समन्वयमा १० जनालाई उद्धार गरिएको जनाएको छ । पीडित महिला तथा बालबालिकाले दैनिक पाँच हजार रुपैयाँका दरले रकम दिने कुराकानी भएअनुसार यौनधन्दा गर्दै आएको बताइएको छ । पीडित महिला तथा बालबालिकाहरु सिन्धुपाल्चोक, दोलखा, धादिङ, काठमाडौं जिल्लाका रहेको र यौन धन्दाका लागि चितवन जिल्लाको विभिन्न होटलहरुमा परिचालन गर्दै आएका थिए ।

    उनीहरुलाई कानुनी परामर्श तथा थप सोधपुछका लागि ईलाका प्रहरी कार्यालय भण्डारामा राखिएको र पारिवारिक पुनर्मिलनका लागि थ्रि एन्जल्स् नेपाल हेल्पडेक्स लोथरले समन्वय गरिरहेको प्रहरीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # यौन धन्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology