Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन,नौ दिने शिशु,१८ महिनाकी छोरी सहित श्रीमतिको शव फेला

श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन,नौ दिने शिशु,१८ महिनाकी छोरी सहित श्रीमतिको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १०:४८:३७ बजे
  • 949
    SHARES
  • श्रीमती खाेज्न हिँडेका श्रीमान सम्पर्कविहिन,नौ दिने शिशु,१८ महिनाकी छोरी सहित श्रीमतिको शव फेला

    सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिनुभयो ।

    images

    गए राति करिब १२ बजे घरबाट निस्किेकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिनुभयो । महिलाको मानसिक सन्तुलन ठिक नभएको उहाँले जानकारी दिनुभयो ।

    राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

    तीनै जनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology