Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, सात जना घाइते

गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, सात जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १५:४०:१३ बजे
  • 472
    SHARES
  • गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, सात जना घाइते

    गुल्मी । गुल्मीमा जीप दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ भने चालक सहित सात जन घाइते भएका छन ।

    images

    बुधावर बिहान चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट सदरमुकाम तम्घास आँुदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्तर्गत दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

    घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास लगिँदैछ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत भै नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताउनु भएको छ । 

    दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना परेर जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology