मयूरपाटी – संयुक्त राजनीतिक दलित संघर्ष समिती र दलित युवा संजालको संयुक्त आयोजनामा पश्चिम रुकुम नरसंहार लगायत देश भरिका जातीय हत्या एवं विभेद विरुद्धमा आज म्याग्दी जिल्ला प्रशासन कार्यालय अगाडी एक घन्टा धर्ना दिईएको छ ।

दलित मुक्ति संगठनका केन्द्रिय सदस्य टेकबहादुर बिश्वकर्मा, स्वतन्त्र दलित बौद्धिक व्यक्तित्व लालु किसान र नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवं महिला नेतृ मनकुमारी विश्वकर्मा लगायत दलित समुदायका व्यक्तित्वहरुको उल्लेख्य उपस्थितिमा एक घन्टा सडक धर्ना पश्चात कोणसभामा परिणत भएको थियो ।कोणसभामा दलित मुक्ति संगठनका केन्द्रिय सदस्य टेकबहादुर बिश्वकर्मा, स्वतन्त्र दलित बौद्धिक व्यक्तित्व लालु किसानले र नेका जिल्ला सदस्य एवं महिला नेतृ मनकुमारी विश्वकर्मा लगायतले आ–आफ्नो धारणा राखेकाथिए भने कार्यक्रम संचालन कुमार किसान र अध्यक्षता याम किसानले गरेका थिए ।

कोणसभामा बोल्दै अधिकारकर्मी लालु किसान ले जात ब्यबस्थाका कारण गरिएको रुकुम नरसंहारमा राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै त्यसको बिरुद्द कडा संघर्ष गर्ने चेतावनी दिए । अर्को बक्ता मनकुमारी बि क ले पनि जातीय विभेद विरुद्ध पश्चिम रुकुमलगायत देशै भरी जातीयताको आधारमा हत्या गरिएका नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टिकारम सुनार, गोविन्दशाही, शम्भु सदा र अंगिरा पासीको स्वच्छ छानबिन गरि पिडकहरुलाई राज्यले कडा भन्दा कडा कारबाहीको लागी जोडदार माग गरे ।पीडितलाई न्याय दिनु भन्दा पनि केहि ब्यक्तिले घटना दबाउन खोजिएको हुँदा कोरोना महामारीको बेला पनि पीडित परिवारहरुलाई न्याय दिलाउनको लागि सडक धर्नामा आउनु परेको बताइन।

दलित मुक्ति संगठनका केन्द्रिय सदस्य टेकबहादुर बिश्वकर्माले कोण सभालाई सम्बोधनमा सरकारले रुकुम घटना छानबिन गर्न बनाएको समितिले न्याय दिन्छ भनेर ढुक्क भएको तर विडम्बना घटनाले उल्टो रुप लिएको बताएका छन । जो समाजमा छुवाछूत गर्नु पर्छ, विभेदगर्नु पर्छ, भन्ने मानसिकताले ग्रसित रहेका केही ब्यक्तिले जातीयताको आधारमा घटना नभएको भनी अस्पताल पोस्टमार्टम रिपोर्ट समेत उल्टाएको हुदा आज कोरोनाको महामारीको बेला पनि सडकमा आउन बाध्य भएको बताए । प्रहरीले ३६ जनालाई रुकुम घटनामा मुद्दा हाल्यो भन्ने समाचार आए पनि तर पछि भित्र भित्रै घटना दबाउन लागिएको बताए । यदि रुकुम लगायत देशभर भएका जातीय विभेद घटनाका दोषीलाई कडा कारबाही हुदैन भने दलितलाई कमजोर नमान्न चेतावनी दिए । यदि रुकुम घटनाका पीडितले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा समेत जाने चेतावनी दिएका छन । ६० लाख दलितलाई जे गर्दा पनि हुन्छ भनेर कसैले नसोच्दा हुन्छ, अब दलितले हातमा दही जमाएर नबसेको बताए । गणतन्त्र आए पछि मात्र २४ जना दलितले जातीय छुवाछूत र विभेद कै आधारमा ज्यानगुमाए । आफै पनि सत्ताधारी पार्टीको प्रदेश सदस्य भएको तर अब पनि दलितले न्याय पाउन सकेन भने पार्टीलाई पनि सोच्नु पर्ने बताए।

रुकुमको घटनामा पानीमा डुबेर मरेको भन्ने झुठो रिपोर्ट बनाउने डाक्टरलाई मुद्दा चलाउने तयारी भएको बताएका छन । विभिन्न ठाउँमा अझैसम्म पनि जातीय विभेद र छुवाछूत भइरहेको हुँदा अब यस्तो विभेद दलितका लागी मान्य नहुने बताए । कैलालीमा दलितका केहि ब्यक्तिले बलात्कार गरे तर त्यो चाहे दलित होस् वा गैरदलित दोषी ठहर भए कारबाही गर्नु पर्ने बताए । अब जो सुकैले बलात्कार गर्छ, विभेद गर्छ त्यसलाई कानुन बनाएर फासी दिन राज्य संग माग गरे । यदि म्याग्दीमा पनि रुकुममा जस्तो दलितलाई जे गर्दा पनि हुन्छ भन्ने मानसिकता जो कोहिमा छ भने आजै देखि त्यो मानसिकता हताउन चेतावनी दिएका छन । जातीय विभेद र छुवाछूत गर्नेलाई चुपचाप नबसी खबरदारी गर्ने बताएका छन ।

कार्यक्रममा दलित समुदायका युवा बिंधार्थी लगाएतको उल्लेखनीय उपस्थिति थिए ।