Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनकला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ

मनकला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १४:१९:५६ बजे
  • 622
    SHARES
  • मनकला हत्याको आरोपमा जेठाजु र भतिज पक्राउ

    रुकुम त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री खड्काको हत्या आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनास्थलबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामा मृतक खड्काका माइला जेठाजु केशरबहादुर खड्का र उनका दुई छोरा छन् ।

    images

    पक्राउ परेकाहरू एक जना १५ र अर्को ११ वर्षका भएकाले नाम सार्वजनिक भएको छैन । मृतक मनकला उक्त घरकी ठाइली बुहारी हुन् । अनुसन्धानकै क्रममा रहेकाले सबै भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनले घटनास्थलबाट कपडा, टर्चलाइटजस्ता सामग्रीसमेत बरामद भएको र त्यसका आधारमा पनि अनुसन्धान भइरहेको जानकारी दिए । सोमबार बेलुकी गोठका भैंसीलाई घाँस हाल्न गएकी मनकला राति ९ बजे मृत भेटिएकी थिइन् । घरभन्दा करिब २ सय मिटर टाढा रहेको भैंसीगोठमा घाँस हालेर फर्कने क्रममा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ ।

    उनको शव टाउकामा धारिलो हतियार प्रयोग गरिएको, एउटा कान काटिएको र घाँटीमा रातो डाम बसेको अवस्थामा भेटिएको थियो । उनले दुवै कान, नाक र घाँटीमा लगाएका सबै सुनका गरगहना हराएको प्रहरीले जनाएको छ । मकैबारीमा लछारपछार पारी बीभत्स ढंगबाट उनको हत्या गरिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए ।

    मनकलाको शव बुधबार पोस्टमार्टम गरी अन्तिम संस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै बाँकेको कोहलपुरबाट तालिम प्राप्त कुकुर ल्याएको छ ।

  • सम्बन्धित विषय:

  • # मनकला हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology