Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बोक्सीको आरोप लगाउँदै रोल्पामा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

बोक्सीको आरोप लगाउँदै रोल्पामा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७८ बिहिवार • १४:३०:०९ बजे
  • 658
    SHARES
  • बोक्सीको आरोप लगाउँदै रोल्पामा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ

    रोल्पा - बोक्सीको आरोप लगाउँदै रोल्पामा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना लाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

    पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा घाउ लागेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology