Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जलेश्वरमा खोला किनामा टाउको नभएको शव फेला

जलेश्वरमा खोला किनामा टाउको नभएको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७८ बिहिवार • १४:३३:४१ बजे
  • 724
    SHARES
  • जलेश्वरमा खोला किनामा टाउको नभएको शव फेला

    जलेश्वर । महोत्तरीको जलेश्वरमा अवस्थित रातु खोला किनामा टाउको नभएको शव फेला परेको छ ।

    images

    जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो ।

    जलेश्वर नगरपालिका-३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा आधा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो ।

    शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology