बागलुङ । पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् भने दुईजना शकुसल रहेका छन ।
बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुबै बालक बेपत्ता भएको बताए ।
बिहीबार मध्यान्ह चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् । आफूहरु नदीमा नभइ छेउमा आएको पानीमा खेलेको र एक्कासी दुईजनालाई बगाएको भीषण पुनले बताए ।
अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् । बेपत्ता दुई बालकको सशस्त्र प्रहरीको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए ।