Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हराएका बालक मृ‌त फेला, बुवा र कान्छी आमा फरार

हराएका बालक मृ‌त फेला, बुवा र कान्छी आमा फरार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • ११:२५:५९ बजे
  • 1.8K
    SHARES
  • हराएका बालक मृ‌त फेला, बुवा र कान्छी आमा फरार

    महोत्तरीमा बुधबार साँझदेखि हराइरहेका ५ वर्षीय बालकको शव फेला परेको छ। महोत्तरी रामगोपालपुर नगरपालिका ६ बस्ने चन्द्रकिशोर यादवको ५ वर्षीय छोरा रितेशको बुधबार साँझदेखि हराएका थिए । बिहीबार बिहान हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो।

    images

    कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी टोलीले घटनास्थलबारे बुझेर शवलाई पोष्टमार्टमका लागि जनकपुरधाम पठाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश विष्टले जनाए। शव हेर्दा बालकको घाँटी निमोठेर हत्या गरेको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ। ​

    रितेशकी आमा तीन वर्षीय भाइ र उनलाई लिएर माइतीमै बस्दै आएकी थिइन्। बालकका बुवाले अर्को बिहे गरेका छन्।घटनापछि भने बालकका बुवा चन्द्रकिशोर यादव र कान्छी आमा दुवै फरार छन्। घटना शंकास्पद देखिएकाले थप अनुसन्धान जारी रहेको र बालकका बुवा र कान्छी आमालाई प्रहरीले खोजिरहेको डिएसपी विष्टले बताए।

  • सम्बन्धित विषय:

  • # बालक मृ‌त फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology