तस्बिर :अनिश भण्डारीको फेसबुक बाट
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा दरबाङ –धारापानी सडक खण्ड अन्तर्गत सोही वडाको बारिका सडकमा बोलेरो जीप दुर्घटना भएको छ ।
ताकमदेखि बेनी आउने क्रममा विहान १० बजेको समयमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा विकास सुनारको मृत्यु भएको छ । मृतक सुनारको शव करिब तीन सय तल भेटिएको थियो ।
चालक सहित जीपमा ९ जना सवार थिए । चालकको टाउको र छातीमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।