Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नगरपालिकाको गाडी खाल्डोमा खस्यो, एक जनाको मृत्यु

नगरपालिकाको गाडी खाल्डोमा खस्यो, एक जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १४:३८:३८ बजे
  • 544
    SHARES
  • नगरपालिकाको गाडी खाल्डोमा खस्यो, एक जनाको मृत्यु

    धनुषा । महोत्तरीको लोहरपट्टी नगरपालिकाको गाडी धनुषामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    images

    लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक यादवको मृत्यु भएको हो ।

    शुक्रबार बिहान करिब ५ बजे महोत्तरीको बर्दिबासबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ झ ००३५ नम्बरको स्कार्पियो गाडी लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा दुर्घटनामा परेको हो।

    उक्त दुर्घटनामा दीपकका ३८ वर्षीया श्रीमती ऋचा यादव, १३ वर्षीय छोरा गेहेन्द्र यादव, ३९ वर्षीय भाइ नवीन, नवीनकी ३३ वर्षीया श्रीमती अम्बिका र मटिहानी नगरपालिकाका ४५ वर्षीय त्रिलोक यादव घाइते भएका छन् ।

    घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आइरहेको पिकअप नदीमा खसेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # गाडी खाल्डोमा खस्यो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology