Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रबार कास्कीमा २०२ जनामा कोरोना पुष्टि , ५ जनाको मृत्यु

शुक्रबार कास्कीमा २०२ जनामा कोरोना पुष्टि , ५ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • २०:३६:५९ बजे
  • 1.2K
    SHARES
  • शुक्रबार  कास्कीमा २०२ जनामा कोरोना पुष्टि , ५ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घन्टामा कास्कीमा २०२ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    यसै गरी गण्डकी प्रदेशभरी कास्की सहित ४६७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १ हजार २६३ जनाको कोरोना परिक्षणमा ४६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    प्रदेशभर गरिएको परिक्षणमा कास्कीका २०२ जना, नवलपुरमा १०४ जना, मनाङका २ जना, म्याग्दीका ३ जना, पर्वतका ६ जना, गाेरखाका ६० जना, लमजुङका ४० जना, तनहुँका ५ जना, बाग्लुङका १९ जना, स्याङ्जाका २६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै प्रदेश भरी संक्रमितको सङ्ख्या ६७ हजार१६३ पुगेको छ ।

    यसै गरी पछिल्लो २४ घण्टामा प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२७ का ६६ वर्षीय पुरुष, कास्कीको अन्नपूर्ण–४ की ८० वर्षीय महिला,मादी–५ की ४२ वर्षीय महिला, स्याङजा पुतलीबजार–१३ की ४३ वर्षीय महिला र पुतली बजारका अर्का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८ जना पुगेको छ ।

    225272662_354349629406154_8648787307136238280_n.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology