Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३३ किलो सुन काण्ड

निकै चर्चित ३३ किलो सुन काण्डका फरार अर्का आरोपी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ

निकै चर्चित ३३ किलो सुन काण्डका फरार अर्का आरोपी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • २२:१९:४६ बजे
  • 988
    SHARES
  • निकै चर्चित ३३ किलो सुन काण्डका फरार अर्का आरोपी भोजे मामा भन्ने भोजराज भण्डारी पक्राउ

    पोखरा । निकै चर्चित बनेको ३३ किलो सुन काण्डका फरार अर्का आरोपीलाई आज प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ ।

    images

    प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई काठमाडौं प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो ।

    'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने।

    उनको भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने सिंहले बताए।  २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो।

    यस घटनामा भरियाको भूमिका खेलेका सनम शाक्यको हत्या भएको थियो। 

    तर, सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन । ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # ३३ किलो सुन काण्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology