Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टामा थपिए ३,१०६ संक्रमित, २३ जनाको मृत्यु

२४ घन्टामा थपिए ३,१०६ संक्रमित, २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १७:४०:२२ बजे
  • 955
    SHARES
  • २४ घन्टामा थपिए ३,१०६ संक्रमित, २३ जनाको मृत्यु

    नेपालमा २४ घन्टाको अवधिमा ३ हजार १ सय ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार २ सय ६३ आरटी पिसिआर र ४ हजार २ सय ५६ एन्टिजेन गरी कुल १३ हजार ५ सय १९ जनामा परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् । मन्त्रालयका अनुसार शनिबार देशभरबाट १ हजार ९ सय १९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ ।

    निको हुने दर ९४.१ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology