Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाकाली नदी

तुइन एसएसबीले काटेको होइन, युवक चिप्लेर आफै खसेका हुन् : भारत

तुइन एसएसबीले काटेको होइन, युवक चिप्लेर आफै खसेका हुन् : भारत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • ०८:४२:५७ बजे
  • 550
    SHARES
  • तुइन एसएसबीले काटेको होइन, युवक चिप्लेर आफै खसेका हुन् : भारत

    दार्चुला  । महाकाली नदीमा तुइन तर्ने क्रममा खसेर वेपत्ता भएका  जय सिह धामीको घटनामा भारतीय पक्षले आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन ।

    images

    महाकाली नदीमा तुइन तर्ने क्रममा धामी आफै तुइन तरेपछी चिप्लिएर लडेको भारतीय पक्षको दावी छ ।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाले पत्रचार गरेपछी भारतका पिथौरागढ जिल्लाका अधिकारी आनम्द स्वरुपले दार्चुला जिल्ला अधिकारी सिद्दराज जोशीलाई पत्रचार गर्दै घटनामा भारतीय पक्षको कुनै संलग्ननता नरहेको र युवाको खोजीको लागी भारतीय एसएसवी बलको टोली तयारी अवस्थामा रहेको जवाफ दिएका हुन ।

    शुक्रबार बिहान व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए ।

    प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी काटेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology