कैलाली । आज कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखास्थित कर्णाली नदीमा डुंगा पल्टिँदा १० दिनको बच्चा सहित तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा रागाँमलेखाकी २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।
डुंगामा १० जना सवार थिए । पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए ।
सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका बासिन्दा बर्सेनि डुंगाबाट कर्णाली तर्न बाध्य छन्। उनीहरु डुंगाबाट खोप लगाउन बिजौरा हेल्थ पोस्टमा पुग्थे
घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।