म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले क्षेत्र बिस्तार गर्ने क्रममा सिजुओका क्षेत्रमा रहेका म्याग्देलीहरुलाई गोलबन्द गर्ने उदेश्यले२०२१ अगष्ट १ तारिख भेला सम्पन्न गरेको छ।
मोना जापान राष्ट्रिय कार्यसमितिका अध्यक्ष दीपक कार्की ज्यूको प्रमुख आतिथ्यता, क्षेत्रीय कार्यसमिति नागोयाका अध्यक्ष रुपेशचोचांगी पुन र एनआरएनए जापानका सचिव श्याम शितल श्रेष्ठ ज्युको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले अध्यक्ष तुल बहादुर चोचांगी, बरिष्ठ उपाध्यक्ष दिनेस पुन, उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सह-सचिव राहुल तिलिजा, कोषाध्यक्ष शुसिला फगामी, सह-कोषाध्यक्ष गीता गर्बुजा र सदस्यहरु क्रमशः निरोज पुर्जा, भिम गर्बुजा, धिरज पुन, देबिन बुढाथोकी, मनोज पुर्जा, करिष्मा गर्बुजा, मिनु गर्बुजा, सोनी पुन, हर्क रोका मगर, काजी गुरुङ, सुधिर प्रधान, बिनोद घर्ती, सुशिल पाईजा लाई सर्बसहमत रुपमा चयनगरेको हो।
यसैगरी समितीको सल्लाहकारमा टिका छन्त्याल चयन हुनु भएको संघको नागोया अध्यक्ष रुपेश चोचांगी पुन ले जानकारी दिनु भएकोछ।मोना जापानको राष्ट्रिय अधिबेसन नजिकिए संगै सबै क्षेत्रिय समितीहरुको पुन गठन र गठनलाई मोना जापानले तदारुकताका साथअगाडी बढाएको छ।