Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा अमरसिंहचोकबाट महिलालाई जबर्जस्ती यौनकार्यमा लगाउन खोज्ने दुई जना पक्राउ

पोखरा अमरसिंहचोकबाट महिलालाई जबर्जस्ती यौनकार्यमा लगाउन खोज्ने दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • १०:२७:२१ बजे
  • 9.9K
    SHARES
  • पोखरा अमरसिंहचोकबाट महिलालाई जबर्जस्ती यौनकार्यमा लगाउन खोज्ने दुई जना पक्राउ

    पोखरा । महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराबाट दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

    images

    कास्कीको पोखरा महानगरपालिका–१० घर भई वडा नं १२ अमरसिंह चोकमा बस्ने ५३ वर्षीया सोनाम गुरुङ र वडा नं। २७ रिठ्ठेपानीका ३२ वर्षीय रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

    अमरसिंह चोकमा एस के खाजा घर सञ्चालन गर्दै आएकी सोनामले राम्रो काममा लगाइदिन्छु भनी महिलाहरूलाई डरत्रास देखाइ ललाइफकाई प्रलोभनमा पारेर यौन धन्दामा लगाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम्‌ प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

    महिलाहरूलाई आफ्नो नियन्त्रणमा पारेपछि ग्राहकसँग पैसाको मोलमोलाई गरेर उनीहरूलाई जबरजस्ती यौन गतिविधिमा लगाउने र धेरै पैसा आफूले राखेर उनीहरूलाई निकै कम रकम दिएर समेत दिने गरेको डिएसपी हमालले बताए।

    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ।

    पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology