Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झुन्डिएर आत्महत्या

बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झुन्डिएर आत्महत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • ११:०४:०६ बजे
  • 850
    SHARES
  • बिबिएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् झुन्डिएर आत्महत्या

    सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै 'सुसाइड नोट' लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    images

    जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि 'सुसाइड नोट' समेत लेखेको प्रहरीले बताएको छ। 

    प्रहरी स्रोतका अनुसार 'सुसाइड नोट'मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।

    जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी  रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।

    मृतक कँडेलको शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ। 

    घटनास्थलमा त्यस्तो शंकास्पद केही छैन । कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा हामीले फेला पार्यौ,’ घटनास्थलमै पुगेका एक प्रहरी अधिकारीले भने।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology