Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा मोबाइल चोर्ने र चोरीको मोवाइल किन्ने मोवाइल पसलका सञ्चालक पक्राउ

पोखरामा मोबाइल चोर्ने र चोरीको मोवाइल किन्ने मोवाइल पसलका सञ्चालक पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • १३:४१:४४ बजे
  • 13.3K
    SHARES
  • पोखरामा मोबाइल चोर्ने र चोरीको मोवाइल किन्ने मोवाइल पसलका सञ्चालक पक्राउ

    पोखरा । कास्की प्रहरीले मोबाइल चोर्ने र चोरेको मोबाइल किन्ने तीन जनालाई पक्राउ गरेको छ ।

    images

    पोखरा महानगरपालिका वडा न १५ स्थित विकास गुरुङको कोठाबाट आइफोन ६ प्लस र सामसुङ ग्यालेस्की A30 मोबाइल चोरी फरार भएका पोखरा ११ रामघाट बस्ने विश्वास सुनार र निज सुनार सँग चोरीको मोबाइल खरिद गर्ने पोखरा ९ पृथ्वीचोक स्थित हेल्लो मोवाईलका संचालक सागर कार्की र पोखरा११ रामघाट बस्ने अजय कोईरालालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत १६ गते बिकास गुरुङको ठाडो उजुरीमा शकास्पद व्यक्ती सुनारलाई पोखरा १५ नयाँगाउँबाट वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त मोबाईलहरु चोरी गरी आईफोन ६ प्लस हेल्लो मोवाईलका संचालक कार्कीलाई डिकमा राख्न दिएको र सामसुङ ग्यालेक्सी ए ३० मोवाईल कोईरालालाई बिक्री गरेको पाईएकोले निजहरुलाई नियन्त्रणमा लिई कारवाहीको प्रकिया अगाडी बढाइेको जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology