काठमाडौंमा वेश्यावृत्तिको धन्दा चलाउने दुई महिलालाई प्रहरीले पक्राउ गरेका छन् । फ्ल्याट भाडामा लिने र युवती राखेर यस्तो धन्दा चलाउने गोरखाकी प्रीति आले मगर भनिने प्रीति थापा मगर र झापाकी बिना लिम्बु भन्ने ज्योती पोमु रहेका छन् ।
प्रहरीको मानव बेचबिखन ब्यूूरोले एक युवतीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरकेो हो । प्रीतिले चन्द्रागिरीमा तथा ज्योतीले बाफलमा फ्ल्याट भाडामा लिएर यस्तो धन्दा गराउदै आएको ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार एक किशोरीलाई सहारा दिने भन्दै आफ्नोमा राखेर उनीहरुले जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोप छ ।