मेलम्ची नदीमा आइतबार आएको बाढीले थप क्षति पुर्याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको छ । असार १ को बाढीपछि आयोजना पुनर्स्थापित गर्ने कार्ययोजना बनिरहँदा आइतबारदेखि थप बाढी आएपछि आयोजनाको भविष्यबारे थप आशंका उब्जिएको हो । पछिल्लो पटकको बाढीले तत्काल आयोजना स्थलमा गएर काम गर्न नसकिने देखिएपछि सरकार नै आयोजनाको भविष्यप्रति अन्योलमा देखिएको छ ।
आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले बताइन् । ‘अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ।’
अस्तिको बाढीले झन् निराश बनायो । अस्तिको बाढीअघि माघसम्म अस्थायी रुपमा भए पनि पानी ल्याउन सकिन्छ भन्ने थियो,’ सचिव बज्राचार्यले भनिन्, ‘अब त्यो समयसम्म काम गर्न सक्छौं कि सक्दैनौं भन्ने भएको छ ।’