Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्कीको कसेरीमा गोरु काटेको आरोपमा चार जना पक्राउ

कास्कीको कसेरीमा गोरु काटेको आरोपमा चार जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • २०:०२:३३ बजे
  • 2.8K
    SHARES
  • कास्कीको कसेरीमा गोरु काटेको आरोपमा  चार जना पक्राउ

    पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका कसेरीमा गोरु काटेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    images

    कसेरीस्थित हाईमान तामाङको खाली कुखुरा फार्ममा गोरु काटेको भन्ने विशेष सूचनाको आधारमा खटिएको कास्की प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिए ।

    पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका २ कसेरी बस्ने ५६ वर्षीय कुल बहादुर बिक, सोही बस्ने २७ वर्षीय अरुण तामाङ, २१ वर्षीय अभिनाष तामाङ र जित बहादुर तामाङका साथै पोखरा महानगरपालिका -१९ तितेपानी बस्ने ३९ वर्षीय कुमार श्रेष्ठ रहेका छन्।

    नियन्त्रणमा रहेका उनीहरुविरुद्ध आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology