Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • ०८:५३:५६ बजे
  • 1.5K
    SHARES
  • कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह

    पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा निर्धारित तोकिएको मितिमै गर्ने गरी अन्तिम तयारीमा पुगेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

    images

    परीक्षा बोर्डका नियन्त्रक  कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको जानकारी दिनु भयो । हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ । 

    गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उहाँको आग्रह छ ।

    कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

    परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology