Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बसलाई ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

बसलाई ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • ०९:००:१३ बजे
  • 1.1K
    SHARES
  • बसलाई ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

    सप्तरी - सोमबार साझँ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका-४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पारी ज्यान गुमाउनेमा सिरहा लहान नगरपालिकाका २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरी रहेका छन ।

    images

    स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

    दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा रहेका चौधरी र ९५५६ नम्बरको मोटरसाइकलमा रहेका यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

    चौधरीको मोटरसाइकलको पछाडि रहेका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलकाे पछाडि रहेकी लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology