Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति सात घर बगायो

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति सात घर बगायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १९, २०७८ मंगलवार • ०९:०४:२५ बजे
  • 835
    SHARES
  • मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति सात घर बगायो

    सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।

    images

    मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।

    शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्चीमा बाढी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology