दाङ । दाङ प्रहरीले जिल्लाको देउखुरीकालाकोटवाट एक थान पेस्तोल र दुई राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । प्रकाउ पर्नेमा भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ निवासी करमुल्हाल आमिर र राजा खान रहेका छन ।
उनीहरूलाई सादा पोशाकको प्रहरी टोलीले आइतबार बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।