Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गयो

बागलुङमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गयो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • ०८:०७:२० बजे
  • 652
    SHARES
  • बागलुङमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गयो

    बागलुङ। बागलुङमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको हो । 

    images

    उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल छन् । खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहको बिच भागमा गाडिएको अवस्थामा फेला परेको हो। 

    घटनालगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत थिए । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology