पोखरामा मोटर साइकल चोर्ने र चोरीको मोटरसाइक किन्ने दुबैलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
मिती २०७८।०१।२६ गते राती पोखरा वडा नं।- १३ मियापाटनमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको थियो ।
प्रहरीले मोटरसाइकल धनिले दिएको निवेदन पछी खोजी कार्य गर्ने क्रममा मिति २०७८।०४।१७ गते १६:३० बजेको समयमा पोखरा १३ कामना मार्गमा पार्किङ्ग गरि राखेको अवस्थामा मोटरसाइकल सहित चोरी गर्ने स्याङजा पु।ब।न।पा।९ घर भई जिल्ला कास्की पो।म।न।पा।वडा न।१३ मियापाटनमै बस्ने धिराज सुनार र चोरीको मोटरसाइकल किन्ने जिल्ला धादिङ सुनौलोबजार बन।पा।वडा न।७ घर भई जिल्ला कास्की पो।म।न।पा।वडा न।१३ भद्रकाली बस्ने प्रकाश पोखरेललाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई नियन्त्रनमा लिई कानुनी कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।