Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँको शुक्लागण्डकी कार्कीडाँडामा जीप दुर्घटनामा नौ जना घाइते

तनहुँको शुक्लागण्डकी कार्कीडाँडामा जीप दुर्घटनामा नौ जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २०, २०७८ बुधवार • १२:०२:५९ बजे
  • 994
    SHARES
  • तनहुँको शुक्लागण्डकी कार्कीडाँडामा जीप दुर्घटनामा नौ जना घाइते

    दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन्।

    images

    हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    भिमकाली मोटरमार्ग १० दिन बन्द

    यस्तै तनहुँको भिमाद नगरपालिकाअन्तर्गत भिमकाली मोटरमार्ग १० दिन बन्द हुने भएको छ। उक्त मोटरमार्गको जिदीखोला–वंशान खण्डको शेरा उकालोमा सडक ढलान तथा कटिङ गरी बाटो फराकिलो बनाउन उक्त मोटरमार्ग साउन २० गतेदेखि २९ गतेसम्म बन्द गर्न लागिएको हो।

    बाटो बन्द हुने भएपछि नगरपालिकाले वैकल्पिक मार्गको रूपमा भिमाद जलौदी हुँदै सम्धी मार्गबाट आवतजावत गर्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापाले बताए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology